site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकुमारी घटनामा प्रधानमन्त्रीको आशंका : गणतन्त्रविरुद्धको ‘डिजाइन’ त छैन ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा उनले यो घटना सामान्य नभएको बताए ।

“केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन्,” प्रधानमन्त्रीले भने, “गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ ।” 

प्रधानमन्त्रीले लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुन सक्ने आशंका व्यक्त गरे । “त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन,” उनले भने । 

त्यही भएर उच्चस्तरीय छानबिन आयोग बनाइएको बताए । मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्यो, छोडेछन् भन्ने के भाष्य हो भनि प्रश्न गरे । उनले प्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार हो भनि प्रश्न गरे । 

बालकुमारी घटनामा दुईजनाको मृत्यु भएको थियो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro