site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसी पार्टी त हो नि भनेर हामीलाई समातियो : सीके राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । राउत सोमबार बिहान माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेका थिए । 

प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्‌बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए ।

उनले मन्त्री र सांसदलाई जुनसुकै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्न पनि गरे ।

सरकारले रंगभेदी विभेद गरेको भन्दै उनले यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए । मधेसी मूलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको उनको दाबी छ ।

"आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ । यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रूपमा घोषित गरेको छ । जसको जे भेषभूषा हो, त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो," उनले भने ।

उनले थपे, "यहाँ कतिसम्म विभेद छ भने कोही जे बोल्दा पनि पक्राउ नपर्ने, मधेस मूलकी महिला मन्त्री बन्दा प्रहरी र नेपाल सरकारको मानसिकता कस्तो छ भने जतिबेला पनि समात्न पायो भनेर देखिन्छ । नभए कुनै राष्ट्रिय अध्यक्षलाई समातेर देखाउन् त, सकिँदैन नि । यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो," उनले भने ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro