site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे तीन दशकपछि निबन्ध गोष्ठी सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा पहिलोपटक निबन्ध गोष्ठी सम्पन्न भएको छ । २०४३ सालपछि पहिलोपटक गोष्ठीको आयोजना भएको हो ।

समाजको १७औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले आफूले पहिलो निबन्ध भैरव अर्यालको ‘जयभुँडी’ पढेको उल्लेख गर्दै आफूलाई निबन्ध लेख्न सिकाउने नै अर्याल भएको स्मरण गरे ।

प्रारम्भमा आफूलाई निबन्धले खासै नताने पनि पछि निबन्धमा नै रमाएको प्रसंग उठाउँदै डा. पोखरेलले निबन्ध लेखनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिए ।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले पनि निबन्ध लेखनबारे बोले । 

समाज स्थापना हुनुभन्दा धेरैअघि २०४३ साल वैशाख ३ गते निबन्ध गोष्ठी भएपछि अर्को गोष्ठी हुन नसकेको बताउँदै समाजका अध्यक्ष निबन्धकार श्रीओम ‘रोदन’ले पटकपटक निबन्ध गोष्ठी गर्ने विषयमा चर्चा भएको तर, पूर्णता दिन नसकेको उल्लेख गरे । उनले साढे तीन दशकपछि भए पनि निबन्ध गोष्ठी गर्न सकेकोमा खुसी व्यक्त गरे ।

गोष्ठीमा निबन्धकारहरू रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानेन्द्र विवश, कुमारी लामा, मोहन चापागाईं, मित्रलाल पंज्ञानी, टंक उप्रेती, गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानु अधिकारी, मोमिला, भीष्म उप्रेती, मुकुन्दराज शर्मा र श्रीओम रोदनले आफ्ना निबन्धका अंशहरू वाचन गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro