site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राउटे समुदायको स्वास्थ्य बिमा हुने, रकम सरकारले व्यहोर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

“लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्नेगरी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ”, निर्णयमा भनिएको  छ । 

सरकारले यसअघि बिमा ऐन २०७४ मा तोकेर केही लक्षित वर्गको बिमा रकम सरकारले व्यहोर्दै आएको छ । जसमा परिचयप्राप्त अति गरिब, अति अशक्त, अपांगता भएका, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी तथा ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको बिमामा सरकारको सतप्रतिशत योगदान छ । 

त्यस्तै, स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत योगदान रकम व्यहोर्दै आएको छ ।  
 
bima-1-1704004406.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro