site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप लामिछाने : क्रिकेटका ‘ग्लोबल आइकन’ देखि दोषी ठहरसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसोसिएट राष्ट्रका स्टारका रूपमा पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेले छोटो समयमा नै ठूलो सफलता हात पारे । उनले हासिल गरेको सफलता ग्राफ आफैँमा निक्कै लोभलाग्दो थियो ।

उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा अब भने 'ब्रेक' लाग्ने भएको छ ।

विगत एक वर्षभन्दा बढी समयदेखिको बलात्कार मुद्दामा सन्दीपलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी असोज २० मा पक्राउ परेका थिए । जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको पुष्टि भयो । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको थियो ।

Global Ime bank

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गए ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो ।

बलात्कार आरोप लागेका उनलाई मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्न काठमाडौं जिल्ला अदालतले २०७९ साल कात्तिक १८ गते आदेश दिएको थियो । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । तर, पुस २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि क्यानले माघ १७ गते सन्दीपमाथिको निलम्बन पनि फुकुवा गर्यो । यसपछि उनले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमै भएको नामिबियाविरुद्ध खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । त्यसयता उनी राष्ट्रिय टिमको नियमित सदस्य बनेका थिए ।

सन्दीपको 'करिअर'
सन्दीपको क्रिकेट करिअर १४ वर्षको उमेरदेखि सुरु भएको हो । सन् २०१५ को मार्च ४ मा वसन्त रेग्मीको विवाहका लागि भैरहवा जाँदैगर्दा बाटोमा पर्ने चितवन एकेडेमीमा तत्कालीन नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई भेटेका थिए ।

चितवनको क्याम्पाचौरमा भएको पहिलो भेटबाटै खेलमा प्रभावित बनेका पुबुदुले सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा डाके । त्यसयता, उकालो लागेको सन्दीपको क्रिकेट करिअरले २०७९ भदौ अघिसम्म कहिल्यै पछाडि फर्किनुपरेन ।

सन् २०१५ को नोभेम्बरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको मेलबर्न क्रिकेट क्लब (एमसीसी)सँगको दुई दिने क्रिकेटबाट सन्दीपले नेपाली टिमबाट ‘डेब्यू’ गरेका थिए । तर, नेपाली टिमबाट सन्दीपको यो आधिकारिक ‘डेब्यू’ भने थिएन । एमसीसीसँगको खेलमा हङकङका विकेटकिपर स्कट म्याकिनीलाई दुई पटक आउट गरेका सन्दीपले त्यसको अर्को वर्ष हङकङमा भएको टी–२० ब्लिट्ज खेले । यो प्रतियोगितापछि सन्दीप अस्ट्रेलियन स्टार माइकल क्लर्कको नजरमा परे ।

सन् २०१६ मा बंगलादेशमा भएको यू–२० विश्वकपले सन्दीपको उचाई झनै बढायो । प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका सन्दीपले कुल १४ खेलाडीलाई आउट गरेका थिए । जसमा आयरल्यान्डविरुद्धको ह्याट्रिकसहित पाँच विकेट पनि समावेश थियो ।

सन्दीपले सन् २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत त्रिवि क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए । त्यसयता सन्दीप राष्ट्रिय टिमका समेत नियमित सदस्य बने ।

सन् २०१८ सन्दीपका लागि महत्त्वपूर्ण वर्ष बन्यो । माइकल क्लर्कको सहयोगमा अस्ट्रेलियामा प्रशिक्षणको मौका पाएका सन्दीप विश्व क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लि (आईपीएल) का लागि चुनिए । १७ वर्षीय सन्दीपलाई त्यसबेला दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स)ले २० लाख भारुमा अनुबन्धित गरेको थियो । सन्दीप आईपीएल खेल्ने पहिलो र हालसम्मका एकमात्र नेपाली क्रिकेटर हुन् ।

त्यसयता, सन्दीपले विश्वभरका चर्चित सबै देशका फ्रेन्चाइज क्रिकेट खेले । उनले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल), पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल), वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल टी–२० खेले ।

युवा अवस्थामा विश्व क्रिकेटमा सन्दीप नामलाई ‘ब्रान्ड’ बनाएका उनको चर्चा दिन दुईगुणा रात चौगुणा हुँदै थियो । सन् २०२१ को डिसेम्बर (२०७८/०८/२९) मा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरेपछि ज्ञानेन्द्र र दीपेन्द्रलाई पदमुक्त गर्दै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गर्यो ।

तर, लामो समय टिक्न नसकेको सन्दीपको कप्तानी सफल पनि बन्न सकेन । उनको कप्तानी ‘करिअर’ एक वर्ष पनि टिकेन । उनलाई क्यानले ०७८ मंसिरमा कप्तान नियुक्त गरेको थियो ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहितका खेलाडी अनुशासनको कारवाहीमा परेपछि सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

नेपालका लागि उनले एकदिवसीय डेब्यू २०१८ अगस्ट १ मा नेदरल्याण्ड्सविरुद्धको खेलबाट गरेका थिए । उनले सन् २०१८ को जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध नै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

उनले हालसम्म नेपालका लागि खेलेका ५१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको ५० इनिङमा ११२ विकेट लिएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमानी बलरसमेत हुन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५२ खेलमा ९८ विकेट लिएका छन् । उनले एकदिवसीयमा ३७६ रन र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा ६४ रन बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय