site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाबालिग दाबी गरिएकी गौशाला २६ अदालतद्वारा बालिग ठहर 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । 

न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो । 

लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ (छ)लाई पनि ढकालको इजलासले 'बालिग' ठहर गरेको हो । अदालतले गौशाला २६ को जन्म १८ असार २०६१ भएको र घटना हुँदा उनी १८ वर्ष पुगेको इजलासको ठहर छ ।

"रालुका गाविस नुवाकोटको बसाइँसराइ दर्ता रजिस्टर, शंखरापर नगरपालिका काठमाडौंको बसाइँसराइ दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको डेलिभरी रजिस्टर, परिवर्तित नाम गौशाला २६ (६) २०७९/०८० को बकपत्र, तादी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, नुवाकोटको मिति २०८०/५/०५ गते तथा मिति २०७९/७/२९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० को जन्ममिति २०६१/३/१८ मा भएकोदेखि बलात्कार हुँदाका दिन निजको उमेर १८ वर्ष पुगिसकेको देखियो," अदालतले भनेको छ ।

तर, १८ वर्ष उमेर पुगेको भए पनि नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर सन्दीपले करणी गरेको देखिएको अदालतको ठहर छ । 

सहमतिको करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro