site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै 
फाइल तस्बिर

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् ।
 
हिजोको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू बैठकबाट हिँडेका थिए ।

Dabur Nepal
NIC Asia

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको भन्दै नेताहरूले आरोप लगाएका थिए । मन्त्रीहरूले गुटका लागि काम गर्ने तर ‘अपजस’ सिंगो पार्टीले बोक्नुपर्ने भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले कांग्रेस सत्तामा भए पनि उपलब्धि नभएको बताएका थिए । 

भ्रष्टचार बढेको, सुशासन सकिएर दण्डहीनता मौलाएको बताएका थिए ।

कांग्रेसमा आक्रोश– मन्त्रीले गुटको काम गर्ने, अपजस चाहिँ पार्टीले बोकिदिनुपर्ने ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro