site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अस्थायी टहरा निर्माणको विवरण कांग्रेस बैठकमा प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जाजरकोटमा भूकम्प प्रभावितलाई निर्माण गरिएको अस्थायी टहराको विवरण प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बिहीबार सहमहामन्त्री जीवन परियारले ४०७ टहरा निर्माण गरिएको विवरण प्रस्तुत गरेका हुन् ।

पार्टीका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा १२५, मोहन आचार्यको नेतृत्वमा ११३, योगेन्द्र चौधरीको नेतृत्वमा २५ टहरा निर्माण गरिएको उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

केन्द्रीय सदस्यहरू नैनसिंह महर, कुन्दनराज काफ्ले र राजीवविक्रम शाहको  नेतृत्वमा दुई टहरा बनाइएको उनले बताए ।

केन्द्रीय सदस्य राजीव ढुंगानाको नेतृत्वमा तीन, कर्णाली प्रदेश कार्यसमितिको नेतृत्वमा ५२, बाँके काँग्रेस सभापतिको नेतृत्वमा १० टहरा निर्माण गरिएको जनाइएको छ ।

धरानका पूर्वमेयर तिलक राईको नेतृत्वमा ६ र ट्रेड युनियन कांग्रेसको नेतृत्वमा ७० टहरा निर्माण गरिएको विवरण उनले बैठकमा प्रस्तुत गरे । कांग्रेसको केन्द्रीय समितिले टहरा बनाउन निर्देशन दिइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro