site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचनको उमेदवार बनाउन नीर शाहलाई कांग्रेसको सिफारिस

काठमाडौं । राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ । 

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । 

यसअघि पनि राष्ट्रियसभामा शाहको नाम चर्चामा थियो । तर, कांग्रेसले उनलाई उमेदवार बनाएको थिएन । 

राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ । 

लामो समयदेखि चलचित्र कर्मममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् । ‘वासुदेव’, ‘वसन्ती’, ‘मसान’ आदि उनले निर्देशन गरेका सिनेमा हुन् । निर्माता समेत रहेका शाह केही वर्ष यता भने उनी अभिनय मात्रै गर्दै आएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro