site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती कांग्रेसबाट नीर शाह र तारानाथ दाहालसहित ९१ जना सिफारिस

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस वाग्मती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । जसमा कलाकार नीर शाह, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालसहित १० जना केन्द्रीय सदस्य पनि छन् ।

वाग्मती कांग्रेस संसदीय बोर्डका एक सदस्यका अनुसार केन्द्रीय सदस्यहरूमा जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, हरिशरण नेपाली, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवाले छन् । 

Argakhachi Cement Island Ad

यस्तै, प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन, हरिशरण श्रेष्ठ छन् ।

ती पदाधिकारीका अनुसार लोकतान्त्रिक अपाङ्ग महासंघका पूर्वअध्यक्ष भोजराज श्रेष्ठको नाम पनि सिफारिस भएको छ । 

जिल्ला सभापतिहरूबाट काठमाडौं सभापति कृष्ण बानियाँ सवुज र मकवानपुर सभापति बुद्धरत्न लामाको नाम सिफारिस भएको छ । 

वाग्मती प्रदेशबाट चार सिटका लागि निर्वाचन हुँदै छ । सत्ता गठबन्धनले निर्णय नगर्दै केन्द्रले सिफारिसका लागि आग्रह गर्दा आकांक्षीहरूको संख्या धेरै भएको र कसैलाई पनि नचिढ्याउन सबैको आकांक्षीको नाम सिफारिस गरिएको ती पदाधिकारीले बाह्रखरीलाई बताए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्