राजनीति

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले कम्पनीको सेयर प्रिमियम मूल्यमा निकाल्ने ऐन संशोधनको लिखित जवाफ आयो कि आएन भन्दै प्रश्न गरेका छन् ।
बिहीबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यो नियम कानुन संशोधन गर्ने व्यक्ति नै जवाफदेही हुनुपर्ने बताए ।
“लिखित जवाफ आयो कि आएन ? हामीलाई किन प्राप्त भएन ?,” बाँस्कोटाले प्रश्न गर्दै भने, “अर्थ मन्त्रालयले किन नियमावली संशोधन गर्यो ?”
उनले फाइल बोकेर मन्त्रिपरिषद्मा लैजाने मन्त्रीले पनि जवाफ दिनुपर्ने बताए ।
“संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गर्छ । जिम्मेवार को हुने हो ?, यो विषयमा अरू समितिले निकालेका निष्कर्ष पनि आउनुपर्छ,” बाँस्कोटाले भने ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्