site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् । बुधबार सातौँ बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलले शेरचनलाई सम्मानित गरेका हुन् ।

उनलाई राष्ट्रपति पौडेलले सम्मानपत्र प्रदान गरे ।

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व गरेको र बैंकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सीईओ शेरचनलाई सम्मान गरिएको हो ।

बागलुङमा जन्मेका शेरचन सक्षम बैंकरको रूपमा स्थापित छन् । बैंकिङ क्षेत्रमा उनीसँग २८ वर्षको अनुभव छ ।

शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दी इयर २०२३’ को उपाधि पाएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro