खेल
काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशको ढाकामा आगामी फेब्रुअरी पहिलो सातादेखि सुरु हुने खेलको उद्घाटन खेलमै नेपालले घरेलु टिमसँग खेल्ने भएको हो । यो खेल फेब्रुअरी २ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा भुटानसँग फेब्रुअरी ४ र लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ ।
फेब्रुअर २ देखि ८ सम्म हुने प्रतियोगितामा कुल चार टिमको सहभागिता छ । सहभागी चार टिमले राउन्ड रोविन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।
च्याम्पियनसिप खेल्ने राष्ट्रिय टिम तयार गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभर खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्