राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब शीर्ष दलको बैठक सत्ताको वितरण गर्न नबस्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीको कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै उनले परराष्ट्र नीतिमा एउटै धारणा बनाउन बैठक बसिने बताए ।
“दलहरू नागरिक समाज र सबै निकायलाई क्रम भंगताको अपिल गर्दछु । अब शीर्ष बैठक सत्ताको वितरण गर्न होइन विश्वविद्यालय सुधार्न, परराष्ट नीतिमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र राष्ट्रको छबि सुधार्न बस्नेछ,” उनले भने ।
उनले दीक्षान्त समारोहमा विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेको बताए ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १७:३५
प्रतिक्रिया दिनुहोस्