site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् लाइन काटिएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी विवाद टुंगोमा नपुग्दै विद्युत् लाइन काटिएको प्रति ध्यानाकर्षण भएको बताएको छ ।

गत भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्युत् लाइन नकाट्न निर्देशन दिएको विषयमा विभिन्न निकायमा छलफल चलिरहेपनि लाइन काटिएकोमा महासंघले आपत्ति जनाएको हो ।

“विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबीच मत भिन्नता छ । जसले गर्दा धेरै समयदेखि यो विषय अल्झिएको छ,” महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

उद्योगीले निरन्तर विद्युत् महसुल बुझाए पनि तीन वर्षपछि विल आएको महासंघको भनाइ छ । उद्यमी व्यवसायी डेडिकेटेड र ट्रंकलाइनको उपभोगको नियमानुसार (टीओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कानुनसम्मत रूपमा उद्योगले तिर्नुपर्ने भएपनि उद्योगले भुक्तानी गर्नुपर्ने र नतिर्नु पर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि बाध्य गर्न नहुने महासंघले जनाएको छ ।

सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको भन्दै समस्या समाधानका लागि उच्चस्तरिय अधिकार सम्पन्न आयोग स्थापना गनुपर्ने माग महासंघले राखेको छ ।

यस विषयमा अन्तिम टुंगो नलागेसम्म महासंघले विद्युत् लाइन काटिएका उद्योगको लाइन जोड्न र अन्य उद्योगको लाइन नकाटन आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro