site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
थाइल्यान्डमा सेरेस ३ को लन्च, विश्वभरि विस्तार हुँदै

कठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयूभीसँगै थाई बजारमा औपचारिक प्रवेश गराएको छ । चीनबाट पूर्णरूपमा आयात गरिएको यस गाडीलाई एडिसन ईभी कम्पनीमार्फत थाई बजारमा उपलब्ध गराइएको हो ।

यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाइल्यान्डका लागि एकमात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ । थाई बजारमा सेरेस ३ कम्फर्टको मूल्य ६ लाख ७० हजार थाई भाट पर्ने कम्पनीले जानकारी दिएको छ । सेरेस ३ कम्फर्ट सनरुफको मूल्य  ६ लाख ९९ हजार ९०० थाई भाट पर्नेछ ।

Argakhachi Cement Island Ad

एडिसन ईभीकी डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाइल्यान्डमा एउटा केन्द्रीय सोरुम स्थापना गर्ने तयारीमा छ । स्थानीय साझेदारसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा कम्पनी छ । कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै एक हजार युनिट बिक्री गर्ने लक्ष्य छ ।

सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ । सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढंगले अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँच रङमा उपलब्ध छ । भित्री भागमा भने ग्राहकको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प छन् ।

थाइल्यान्डमा भएको यस सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्