site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कथाकारको परिचय
शान्ति सापकोटा (हुमाकला पराजुली) नेपाली कथा, कविता र बालसाहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकार हुन् । उनका एक दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशित छन् । स्याङ्जा जन्मथलो भई काठमाडौंलाई कर्मथलो बनाएकी उनी बालसाहित्य समाजसँग आबद्ध छिन् ।

बालसाहित्यसम्बन्धी अनुसन्धानमा सक्रिय सापकोटा बालसाहित्यमा अभियन्ताका रूपमा परिचित छिन् । साझा प्रकाशनले भर्खरै प्रकाशनमा ल्याएको उनको ‘मङ्की माइण्ड’ किशोर कथासंग्रह मेरो हातमा परेको छ ।

संग्रहको चिनारी 
१० वटा कथाको संकलन रहेको यस कृतिमा संगृहीत कथाहरू विद्रोह, क्षणिक आकर्षण, मनको कुहिरो फाटेपछि, प्रेमको कारागार, दृष्टिकोण, चङ्गा बनिनन् चैती, साहस, धन्य नारी, ई टयुसन सेन्टर, मङ्की माइण्ड हुन् । संग्रहभित्रका सबै कथाहरू किशोर उमेरका घटना र क्रियाकलापमा आधारित छन् । धेरैजसो विषय यौन दुर्व्यवहारका घटनासँग सम्बन्धित रहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केही कथाका पात्रहरूले किशोरवयमा गरेका कच्चा निर्णयका कारण प्रायश्चित गर्नुपरेको छ । कथाहरूमा आफूले गरेका गल्तीबाट पाठ सिकेर राम्रो कार्यमा अभिप्रेरित भएका उदाहरणले महत्त्वपूर्ण सन्देश प्रवाह गरेका छन् ।

साँच्चै भन्ने हो भने किशोर उमेरका बालबालिकाहरू नातागोता, आफन्त, नजिकका व्यक्ति र शिक्षकहरूबाट नै मानसिक तथा शारीरिक दुर्व्यवहारमा पर्ने गरेका छन् । संग्रहभित्रका कथाहरूमा यिनै घटना र विषयवस्तुमा केन्द्रित रहेका छन् ।

Royal Enfield Island Ad

कथासार 
पहिलो कथा ‘विद्रोह’मा किशोरीहरूमा हुने यौन दुर्व्यवहारको विषय उठाइएको छ । आफ्ना छोरीहरूलाई अभिभावकले यौन दुर्व्यवहारका घटनालाई बाहिर ल्याउन हुँदैन भन्ने किसिमको जुन संस्कार सिकाएका छन्, त्यसले दुर्व्यवहार गर्ने पुरुषहरूको मनोबल बढ्छ ।

किशोरकिशोरीले आफूमाथि हुने गरेका मानसिक तथा शारीरिक दुर्व्यवहारको खुलेर विद्रोह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । कथाकी मूल पात्र तिसाले आफूमाथि हुने गरेको यौन दुर्व्यवहारको खुलेर विरोध गरेकी छन् । घटनालाई परिवारमाझ सम्प्रेषण गरेकी छन् ।

तिसाकी आमाले पनि यौन दुर्व्यवहार सहने होइन, डटेर लड्नुपर्छ भन्दै छोरीलाई दुर्व्यवहार गर्नेलाई सबक सिकाएकी छन् । यस कथाले अभिभावकले सही कुरामा बालबालिकालाई साथ दिनुपर्छ भन्ने सन्देश दिएको छ । छोराछोरी आत्मविश्वासी र आँटिलो हुनुमा बाबुआमाको साथ चाहिन्छ ।

‘क्षणिक आकर्षण’ संग्रहभित्रको दोस्रो कथा हो । यस कथाले किशोरावस्थामा विपरीत लिंगीप्रतिको आकर्षण, यौनसम्बन्धी कौतूहल, जिज्ञासा हुनु स्वाभाविक विषय भए पनि उचित ज्ञानको कमी र लापरबाहीले गर्दा निम्तिने दुर्घटनालाई देखाएको छ ।

कुनै कुराको परिणाम के हुन्छ भन्ने थाहा नहुँदा बालबालिका समस्यामा परेका हुन्छन् । कथाकी म पात्र र ट्युसन पढाउने राम दाइबीचको अनैतिक सम्बन्धले सपना अर्थात् म पात्रको जीवन बर्बाद भएको छ । यस उमेरमा बाबुआमाले धेरै ख्याल गर्नुपर्छ भन्ने आशय कथाले बोकेको छ ।

‘मनको कुहिरो फाटेपछि’ कथामा विद्यालयका शिक्षकले छात्रामाथि गिद्धे नजर लगाउने गरेको विषय आएको छ । विद्यालयकी राधा नाम गरेकी किशोरीमाथि झिमझिम सरको कुदृष्टि परेपछि सबै विद्यार्थी मिलेर शिक्षकको बदनियतमाथि प्रश्न उठाएका छन् ।

यस समस्यालाई सबै विद्यार्थीले विद्यालय प्रशासनसम्म पुर्याउँछन् । अन्ततः झिमझिम सरलाई कारबाही हुन्छ । राधाको मनको कुहिरो फाटेर आनन्दित हुन्छिन् । उनको केही दिनदेखि रहेको दोधार मनस्थितिबाट एकैचोटि सशक्त निर्णय गरेर सबैसामु शिक्षकको कर्तुत खोल्न सकेकैले मनको कुहिरो फाटेको हो ।

‘प्रेमको कारागार’ किशोर उमेरमा हुने विपरीत लिंगीप्रतिको आकर्षण र दुर्घटना अनि पश्चात्ताप यस कथाको विषय रहेको छ । कालिका र बुद्धिले उमेरको उल्लासमा आएर गरेको प्रेम र विवाहको कच्चा निर्णयले पढाइ छुट्नुका साथै घरपरिवारबाट अपहेलना सहनुपरेको घटनालाई कथाको विषयवस्तु बनाइएको छ । कथाले किशोरावस्थामा गरिएको कच्चा निर्णयले दुःख र ग्लानिको महसुस गराएको छ ।

‘दृष्टिकोण’ कथामा किशोरीहरूले कुनै पुरुषसाथीसँग बोलेको र सँगै हिँडेको देख्नेबित्तिकै उनीहरूप्रति नराम्रो धारणा बनाउने समाजका कारण घरपरिवारमा पर्न गएको असरलाई विषय बनाइएको छ । कुनै युवकले आफूसँग भएको पुस्तक किशोरीलाई घरमा गएर झिकेर ल्याउन लगाउँछ । किशोरी उक्त किशोरको घरबाट बाहिर निस्किएको देखेपछि छिमेकीको मनमा परेको नकारात्मक सोचाइका कारण सानीआमाले किशोरीमाथि शंका गर्न पुग्छिन् ।

तर, वास्तविकता बताएर किशोरीले आफ्नी सानीआमाको शंका निवारण गर्छिन् । यस कथाको विषयवस्तु किशोरहरूले कसैसँग बोल्दैमा, संगत गर्दैमा नराम्रो सोच्ने, शंका गर्ने समाजप्रति लक्षित छ । किशोरहरूप्रति समाज तथा घरपरिवारको सकारात्मक दृष्टिकोण आवश्यक रहेको सन्देश कथाले दिएको छ ।

‘चङ्गा बनिनन् चैती’ कथामा गाउँबाट पढाउँछु भनेर सहरमा घरेलु कामदारका रूपमा राखिएको किशोरीको कथा आएको छ । बाबुआमाले पढाउने सर्तमा चैतीलाई सहरको घरमा काम गर्न पठाएका हुन्छन् ।

घरका मालिकहरूले चैतीलाई बन्देज बनाएका हुन्छन् । यसैबीचमा चैतीले बलियो बनेर घरबाट उम्कने साहस गरेकी छन् । उनी हावामा उड्दाउड्दै चुँड्ने चङ्गा नभई बलियो इस्पात बनेकी छन् । उनी आफूमाथि हुने गरेका शारीरिक र मानसिक यातनाको पर्दाफास गरेर विद्यालयसम्म पुगेकी छन् ।

‘साहस’ कथामा प्रस्तुत भएको विषय पनि यौन दुर्व्यवहारसँग सम्बन्धित छ । स्वयम् छात्राहरूले आफूहरूमाथि भएको यौन दुर्व्यवहार गर्ने शिक्षकको कर्तुतको प्रतिवाद गरेका छन् । शिक्षकको दुर्व्यवहारले मानसिक समस्या खेपेका छात्राहरूको सामूहिक आत्मबलमा शिक्षक निलम्बित भएपछि छात्राहरूमा खुसी छाएको विषयलाई बडो सुन्दर ढंगले कथामा प्रस्तुत गरिएको छ ।

‘धन्य नारी’ कथामा छोरीछोरी जन्मेको भनेर बुहारीलाई हेला गरिन्छ । १८ वर्षमा बिहे गरेर तीन छोरी जन्माएकी एक युवतीलाई घरबाट निकालिएको हुन्छ । २० वर्ष नपुग्दै बिहे गरेकी ती महिलाले घरबाट निकालिएपछि निकै संघर्ष गरेर सिलाइको काम सिकेर आर्थिक आम्दानीको ढोका खोल्छिन् । कमाइ नहुँदा अलच्छिनीको संज्ञा पाएकी, घरमा बस्न नसकेकी तिनै बुहारी आत्मनिर्भर भएपछि घरपरिवारले माया गर्न थालेका हुन्छन् ।

किशोरावस्थामा आफू सक्षम नभई विवाह गर्नाले पछुताउनु परेको घटना र एउटी नारीको धैर्य तथा साहसको उदाहरण प्रस्तुत गरिएको यस कथामा पढाइ र सीपमा दक्खल भएर मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

‘ई ट्युसन सेन्टर’ कथामा उमेर नपुग्दै निभाउनु परेको जिम्मेवारीले विदेश पुर्याएको किशोरको कथा आएको छ । यो कथामा किशोरावस्थाको घटना र विषयवस्तुलाई समेट्दै किशोर उमेर पार गरेपछि आत्मनिर्भर भएको दर्साइएको छ ।

‘विदेश बसाइ’मा कम्प्युटरसम्बन्धी सीप सिकेर स्वदेश फर्किएर आत्मनिर्भर भएको युवकको कथा आएको छ । आफ्नो देशमा ससाना व्यवसाय वा काम गरेर पनि धेरैलाई रोजगार दिन सकिन्छ भन्ने उदाहरण यस कथाले प्रस्तुत गरेको छ ।

‘मङ्की माइण्ड’ कथाको शीर्षकबाट नै संग्रहको नामकरण गरिएको छ । कथामा नोमोफोबियाका कारण अहिलेका किशोरकिशोरीमा समस्या आउने गरेको प्रसंग छ । हिजोआज मोबाइलको ‘एडिक्ट’ले पढाइलगायत दैनिक कार्यमा मन नजानु अधिकांश किशोरकिशोरीको समस्या भएको छ ।

प्रविधिको सदुपयोगबाट हुने फाइदा र दुरुपयोगका कारण हुने गरेका दुर्घटनालाई कथामा राम्ररी केलाइएको छ । औषधि पनि आवश्यकभन्दा बढी खाँदा विष भएझैँ कुनै पनि कुराको सही सदुपयोग गर्न सिक्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ ।

कथा सन्देश
संग्रहमा संकलित १० वटै कथाबाट प्राप्त सन्देश यस्तो पाइन्छ ।
— किशोरकिशोरीलाई घर, विद्यालय र समाजको सहयोग र सही मार्गदर्शन आवश्यक छ । 
— कथाहरूले किशोर मनोविज्ञानलाई बुझेर उनीहरूको रुचि र चाहनाअनुसाको व्यवहार गर्न तथा उनीहरूप्रति सकारात्मक बन्न आग्रह गरेका छन् । 
— प्रविधिको प्रयोग सही किसिमले गरिनुपर्ने सन्देश दिइएको छ ।
— किशोरकिशोरीमाथि अनावश्यक शंका, निगरानी र हस्तक्षेपभन्दा भावनात्मक हुन आग्रह छ ।
— किशोरकिशोरीमाथि राखिने कडा अनुशासन र बेवास्ता दुवै घातक हुने हुनाले सन्तुलित व्यवहार गर्न आवश्यक छ ।
— घरेलु कामदारका रूपमा रहेका किशोरकिशोरीका समस्या उजागर गरिएको छ । 
— ललाइफकाइमा पारेर बालबालिकामाथि गरिएको यौन दुव्यर्वहारको खुलेर विरोध गर्नुपर्छ ।
— अभिभावकहरूले आफ्ना छोराछोरीलाई खराब कुराको विद्रोह र प्रतिवाद गर्न सक्ने बनाउन आवश्यक छ ।

निष्कर्ष
किशोर उमेर एक संवेदनशील उमेर हो । बालबालिकाको शारीरिक र मानसिक परिवर्तन हुने उमेर हो । यो उमेरमा बालबालिकामा शारीरिक परिवर्तनसँगै बौद्धिक विकास भएको हुन्छ । यो उमेरका बालबालिकामा डर, हिनताबोध, खुसी, रिस, आवेगजस्ता संवेगात्मक परिवर्तन भइरहन्छ ।

यो उमेरका बालबालिका अस्थिर हुन्छन् । एकैछिनमा उनीहरूको मनस्थिति परिवर्तन भइरहने हुँदा दुर्घटना हुन सक्ने खतरा र कुनै कार्यमा अभिपे्ररित भई खुसी हुने अवस्था पनि सिर्जना हुन्छ । तसर्थ, यो उमेरका बालबालिकालाई अभिभावकको निगरानी आवश्यक हुन्छ ।

किशोरकिशोरीसँग व्यवहार गर्दा अभिभावक, शिक्षकको संयमितता भने आवश्यक छ । हिजोआज कतिपय अभिभावक र शिक्षकहरूले किशोर मनोविज्ञानलाई बुझ्न नसक्दा दुर्घटनाहरू भएका छन् । विद्यालयमा गृहकार्य नगरेको, कक्षामा होहल्ला गरेका, चिट चोरेको विषयमा शिक्षकले विद्यार्थीको मनोविज्ञानानुसार मार्गदर्शन गर्न नसकेका कारण किशोरकिशोरीले आत्महत्या गरेका खबर पनि बाहिरिने गरेका छन् ।

त्यस्तै शिक्षकले ससाना गल्तीमा शारीरिक र मानसिक यातना दिने गर्दछन् । बालबालिका र किशोरकिशोरीका हकमा तत्कालै आवेगमा आएर गरिने क्रियाकलाप रोक्नुपर्छ । बालबालिकाको दैनिक व्यवहार र क्रियाकलापमा अभिभावकले आवश्यक मार्गदर्शन गर्नुपर्दछ ।

कथाकार सापकोटाले यी विविध विषय र प्रसंगलाई कथामा उठान गरेकी छन् । किशोरवयका समस्या मात्र कथामा आएका छैनन्, कथाका पात्रहरूमा आएका समस्यालाई के कसरी व्यवस्थापन गर्ने भन्ने पनि सिकाइएको छ ।

उमेर अवस्थाले पारेको प्रभावलाई कथामा राम्रोसँग केलाइएको छ । प्रत्येक कथाबाट एउटा असल सन्देश प्रवाह गरिएको छ । यति राम्रो किशोर कथासंग्रहका निम्ति कथाकारलाई बधाई ! 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro