देश
काठमाडौं । सप्तरीबाट बिहीबार गाँजा बरामद गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–८ कोसीपलार इलाकाबाट २४० किलो गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बीओपी बर्साइनले बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीकै कञ्जनरुप नगरपालिका–२ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पाँच किलो ३०० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० २३:४९
प्रतिक्रिया दिनुहोस्