site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई ‘अन्तरघात गर्ने रोग’ लागेको छ : सभापति देउवा
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई ‘अन्तरघात गर्ने रोग’ लागेको बताएका छन् ।

बिहीबार पार्टीको मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले पार्टीलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत दिलाउन आग्रह गरे ।

“हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला,” उनले भने ।

सभापति देउवाले नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा पार्टी लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । सभापति देउवाले निर्वाचन र राज्यव्यवस्था नै समानुपातिक प्रणाली भएको हुनाले कुनै पनि दलको बहुमत आउनसक्ने सम्भावना निकै कम भएको बताए ।

“हामीलाई सहयोग गर्नुहोस् । कांग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्णरूपमा सरकार बनाउन सकोस्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro