site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन : मतदानस्थल र केन्द्र तोकियो 

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र तोकिएको हो ।

निर्वाचनका लागि कुल ७ मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार कोसी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, वाग्मती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’  प्राविधिक भवन, हेटौडा तोकिएको छ । 

त्यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, मतदानस्थल तोकिएको पौडेलले बताए । 

तोकिएका मतदानस्थलमा मतदाता प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि छुट्टाछुट्टै मतदान केन्द्रहरू रहने जानकारी दिए । मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म हुने छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्