site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अप्सराको 'हत्या गर्ने' शिवराम केन्द्रीय कारागारमा भेटिए !

काठमाडौं । छ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरूलाई प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६) की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनी ०७४ पुस ३० गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ ।

अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो । तर, उनीहरू दुवैजना फरार थिए । 

पक्राउ परेकामध्ये जगत विश्वकर्मा अहिले पक्राउ परेका हुन् । शिवराम अधिकारी भने चोरी मुद्दामा पक्राउ परेका थिए । उनलाई ०७९ कार्तिक २९ गते तीन वर्ष कैद सजाय भएको थिए । उनी नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro