site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

काठमाडौं । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताए ।

भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,” उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको पनि बताए ।

उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाले नयाँ भेरियन्टको संक्रमणको रोकथाम खोपले गर्ने बताए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro