site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकीकृत 'मर्चेन्ट' व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सीटीटेकबीच ‘युनिफाइड मर्चेन्ट म्यानेज्मेन्ट सिस्टम्स (एमएमएस) एकीकृत व्यवस्थापन प्रणाली’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सीटीटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

नेप्स र सीटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आएपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जाललाई बैंक तथा व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने माछापुच्छ्रे बैंकले जनाएको छ ।

सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग छुट्टाछुट्टै रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकरण गर्ने र एकै प्लेटफर्ममा ती सुविधा उपलब्ध गराउने छ ।

यो प्लेटफर्मबाट कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीमा पुग्ने, पटक पटक व्यापारीको रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने झन्झट हट्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro