site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । 

सोमबार काठमाडौंमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्वमहासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

तुलाधर तिनै हुन्, जसले पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पासँगको सहकार्यमा भदौ २५ गते एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको प्रस्ताव दर्ता गराएका थिए । तर, मंसिर ३० गते महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै तुलाधरले विधानअनुसार सबैलाई समट्ने प्रतिबद्धता नेम्वाङले गरेकाले सहयोग गर्ने बताएका थिए । 

यस्तै, एन्फा बैठकले सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गरेको छ । बैठकले एन्फाको विशेष साधारण सभा माघ ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । नियमित साधारण सभा फागुन १४ गते काठमाडौंमा हुने तय भएको छ ।

एन्फाले भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निःशुल्क पास वितरण पूर्णरूपमा बन्द गर्ने र एन्फाले टिकट बिक्री गरी उठेको रकमको २० प्रतिशत रकम प्रतियोगितामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरूलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro