site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्दोलन स्थगित गर्न निगमका कर्मचारीलाई मन्त्रीको निर्देशन

काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् । आन्दोलन स्थगित गरेर तत्काल काममा फर्कन समेत उनले निर्देशन दिएका छन् ।

‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा मन्त्रालयबाट कुनै पनि छलफल र आधिकारिक निर्णय नगरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले निर्णय नगर्दासम्म ग्राउन्ड ह्यान्डलिङ निगमले नै गराउने मन्त्रायलले जनाएको छ ।

निगमको समग्र सुधारमा केन्द्रित भएर प्रतिफल र नतिजा दिने काम गर्न मन्त्री किरातीले ट्रेड युनियनहरूलाई आग्रह गरेका छन् ।

यसअघि, नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो । त्यसलगत्तै ग्राउन्ड ह्यान्डलिङ निगमले पाउनुपर्ने माग राखेर त्यहाँका कर्मचारी विगत ११ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro