site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता र प्रतिपक्ष मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितको बैठक जारी छ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङदेनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

यस्तै, राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइने उनको भनाइ छ ।

लिङदेनले सडकसंघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रस्ट पारेका छन् । सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।

राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष उनले बैठकमा पेस गरेका छन् ।

“समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक र सम्भव पनि छ । आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ । राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रूपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ,” उनले बैठकमा भने ।

बैठकमा महामन्त्री धवलशमशेर राणाले बृहत् आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्यसचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

अहिले प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गरिरहेका श्रेष्ठले जानकारी दिए । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल सुरु हुने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro