site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु क्यापिटलका हितग्राहीलाई क्रिमसन हस्पिटलमा छुट

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई दुई वर्षका लागि विशेष छुट दिने सम्झौता गरेको छ । दुवै पक्षबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सञ्चालक प्रमुख बसन्ता उपाध्याय तथा  क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरूले तिलोत्तमा नगरपालिका मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचयपत्र देखाई अस्पतालबाट पाउने प्र्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् ।

प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरूबाट पनि उपलब्ध रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro