
काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।
भैँसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।
आतंकवादविरुद्धको लडाईंमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौंँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदखि सम्बन्ध रहेको उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिए ।