site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतको फैसलाप्रति लोसपाको असहमति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति असहमति रहेको जनाएको छ । 

अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै मधेस प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला हुनुले स्तब्ध भएको उल्लेख गरेका छन् । 

Dabur Nepal
NIC Asia

“राजनितिक अधिकार प्राप्तिको संघर्षमा लाखौँ जनता सडकमा उर्लेको सन्र्दभमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै तर तथ्य एवं वास्तविकता भन्दा विल्कुलै फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजजीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ,” विज्ञप्तिमा भनिएको छ । 

विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्यायका लागि लोसपा नेपाल अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा अदालतले बिहीबार नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ र लोसपाका शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो ।

losapa-1702634822.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro