site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चका प्रस्तावित न्यायाधीश मुसलमानलाई प्रश्न– न्यायिक सुशासन कसका कारण हुन सकेन ?

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानलाई सांसद्हरूले उनका कार्ययोजनाबारे प्रश्न गरेका छन् । शुक्रबारको संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश मुसलमानलाई समिति सदस्यहरूले न्यायलय सुधारका योजनाबारे प्रश्न गरेका हुन् । 

समिति सदस्य महेश बर्तौलाले सोधे– न्यायिक सुशासन कसका कारण हुन सकेन ? उजुरीकर्ताले बेन्चबाट मनसाय राखेर न्याय दिइएन भन्ने छ यसबारे तपाईंको भनाइ के हो ? 

Argakhachi Cement Island Ad

समितिका अर्का सदस्य रमेश लेखकले सर्वोच्चमा मुद्दाको चाप कसरी घटाउने भन्दै प्रश्न गरेका छन् । उनले मुसलमानलाई सार्वजनिक सरोकारका विषयमा लामो समय मुद्दा अल्झिने गरेको भन्दै यसलाई कसरी घटाउने भन्दै जिज्ञासा राखेका छन् ।   

समिति सदस्य जगप्रसाद शर्माले न्यायलयभित्रको अन्याय कसरी अन्त्य गर्ने, न्यायलयामा सुशासन कायम गर्ने योजना के छ भन्ने प्रश्न गरे । 

समितिका अर्का सदस्य ज्ञानेन्द्र कार्कीले छिटो न्याय पाउन तपाईंको प्रभावकारी भूमिका कस्तो हुन्छ ?, न्यायमा सबैको पहुँच पुर्‍याउन तपाईंको भूमिका के रहन्छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्