site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीमाथि भएको आक्रमण प्रयासबारे विश्वप्रकाशले भने– मैदानको 'कुस्ती'ले कहीँ पुर्‍याउँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा भएको 'हातपात प्रयास'को निन्दा गरेका छन् ।

असहमति र विरोध संवैधानिक हक भएको तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय भएको उनको भनाइ छ । उनले कुनै पनि विमतिको समाधान वार्ताबाट खोजिनुपर्ने तर्क गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा जे घटना भयो त्यो अत्यन्तै निन्दनीय छ l असहमति र विरोध संवैधानिक हक तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय l सबैथरि विमति सुनौँ र समाधान खोजौँ, तर सुनाउनेले पनि संयम राखौँ l यति बुझौँ– मैदानको 'कुस्ती'ले हामीलाई कहीँ पुर्‍याउन्न," सामाजिक सञ्जालमा विश्वप्रकाशले भनेका छन् ।

बिहीबार दिउँसो धनकुटाको लेगुवामा एकजनाले ओलीमाथि आक्रमणको प्रयास गरेका थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्