site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयास (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको आज १५औँ दिन हो ।

नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताए ।

“आक्रमण प्रयास भएको हो, छुन पाएन,” उनले भने, “धनकुटाको लेगुवामा शंकास्पद लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वजनिक भिडियोमा पनि ओलीमाथि आक्रमण प्रयास भएको स्पष्ट देखिन्छ । कोसी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले आक्रमण प्रयास भएको बताए । 

“बिहानैदेखि मदिरा सेवन गरेका एक व्यक्तिले आक्रमण प्रयास गरेका छन्,” उनले भने, “उनलाई प्रहरी नियन्त्रणमा लिएको छ ।”

भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाटस्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हात पात गर्न खोज्ने व्यक्ती महेश राई भएको प्रहरीले जनाएको छ । 

एमालेका नेता कार्यकर्ता र सर्वसाधारणसँगै लाइनमा बसेका ती व्यक्तिले माला दिने बहानामा उफ्रिएर अध्यक्ष ओलीलाई हातपात गर्न खोजेका थिए । उनी उफ्रने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीका डीआइजी अञ्जनी पोख्रेललेले पक्राउ परेका राईले मादक पदार्थ खाएको पाइएको बताए । 

मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गरिएको थियो ।  मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान यतिखेर कोसी प्रदेशमा छ ।  करिब दुई हजार किलोमिटरको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने तयारी छ । 

पुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको समीक्षा प्रस्तुत गर्ने तयारी गरिएको नेताहरू बताउँछन् ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्