site stats
बाह्रखरी :: Baahrakhari
कला
समीक्षा अधिकारीलाई प्रश्न– रेकर्डिङको अफर कम भएको हो ?  

काठमाडौं । केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच/सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । 

समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले पहिला जस्तै अहिले पनि गीत रेकर्ड गराइरहेको छु,” जवाफमा बाह्रखरीसँग समीक्षा भन्छिन्, “अहिले रेकर्ड भएर पनि सार्वजनिक नभएको मात्रै हो ।” 

Argakhachi Cement Island Ad

समग्रमा गीत रेकर्डिङको संख्या केही समययता घटे पनि आफूलाई रेकर्डिङका लागि आउने अफरमा कमी नरहेको उनी बताउँछिन् । 

“गीत रेकर्डिङको क्रम घटेको छैन । अहिले मेला–महोत्सवको सिजन भएका कारण रिलिज नभएको मात्रै हो,” समीक्षा भन्छिन्, “मेला–महोत्सवमा कलाकार व्यस्त भएकाले रिलिज कम भएको मात्रै हो ।” 

समीक्षा अरुका एल्बममा गीत गाउने पहिलो रोजाइमा पर्ने सीमित गायक÷गायिका मध्येकी एक हुन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्