site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि पर्‍यो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग यात्राअन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे ।

नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको उनको भनाइ छ ।

ओलीले भने, "कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो ।"

अध्यक्ष ओलीले उपयुक्त, दृष्टिकोण भएको, जनता र जनताका हीतहरूप्रति जवाफदेही सरकार बनेन भने देश गरिब हुने बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro