site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुर्तीजन्य पदार्थ गोदाम र घरसम्मै पुगेर जफत गरिने, कहाँ के बिक्री गर्न पाइँदैन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । हाललाई पूर्णरुूपमा निषेध गरी नियमनमा कडाइ गरिने महानगरले जनाएको छ । 

महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थको नियमनका लागि नगर प्रहरी, सादा पोसाकका प्रहरी र कर्मचारीसमेत तैनाथ गर्ने जनाएको छ । 

कहाँ के बेच्न र प्रयोग गर्न पाइँदैन ?

महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री, वितरण, भण्डारण र प्रयोग गर्न पाइने छैन । त्यसमा सुर्ती, खैनी, बिँडी, तम्बाखु, गुट्खा, पानपरागलगायत समेटिएको छ । 

साथै सार्वजनिकस्थलको एकसय मिटर वरपर यस्ता पदार्थ प्रयोग गर्नसमेत पाइने छैन । मठ मन्दिर, विद्यालय क्षेत्रलगायतका सार्वजनिकस्थलको एकसय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र भण्डारणसमेत गर्न पाइने छैन । 

यस्ता क्षेत्रमा खुलारूपमा (खिल्लीमा) चुरोट बिक्री वितरण र प्रयोग गर्न पाइने छैन । “महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री वितरण भण्डारण गर्न पाइएन र चुरोटको हकमा कहीँ कतै पनि खुला बिक्री गर्न नपाइने नियम बनाइएको हो,” महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने । 

नगर प्रहरीले निगरानी गर्ने, सादा पोसाकमा समेत प्रहरी खटिने 

सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा नियमन गर्न महानगरले नगर प्रहरीलाई ३२ वटै वडामा खटाउने भएको छ । भोलिदेखि नै महानगरका चारवटा दिशामा १०–१० जनाका दरले नगर प्रहरी खटाइने महानगर प्रवक्ता नवीन मानन्धरले बताए ।

नियमविपरीत बिक्री वितरण भएको पाइए, पसल र गोदाम र भण्डारण गरिएका स्थानमा समेत छापा मारी कारबाही गरिने उनको भनाइ छ । 

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा उल्लेख भएबमोजिम स्थानीय सरकारको ऐनले प्रतिबन्ध लगाउन सक्ने व्यवस्थालाई टेकेर यस्तो निर्णय गरिएको महानगरले जनाएको छ । 

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा सार्वजनिक स्थलमा धूम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्तिलाई सो स्थानबाट निकाल्ने, एकसय रुपैयाँ जरिवाना गर्ने वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । 

त्यस्तै, धूम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्ति सार्वजनिकस्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा उसलाई विभागीय कारबाही समेत हुने व्यवस्था छ ।

नियमविपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगसम्बन्धी कार्य गरेको पाइएमा तत्का महानगरको हटलाइन नम्बर १८१०५०००६० वा ०१५९०१७६३, ०१५९०१७६४ मा सूचना उपलब्ध गराउन पनि महानगरले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro