site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङ कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन
सांकेतिक तस्बिर ।
SkywellSkywell

विराटनगर । मोरङ जिल्ला कारागारमा एक कैदीको मृत्यु भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन भएको छ ।

पुर्पक्षमा रहेका मोरङको लेटाङ नगरपालिका–४ का ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार मृत्यु भएको थियो । उनको उपचारको क्रममा कोसी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । घटना रहस्यमय भएको भन्दै परिवारले छानबिनको माग गरेका थिए ।

Dabur Nepal
NIC Asia

जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

समितिमा कोसी अस्पतालका चिकित्सक मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्राप्त गरेको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । 

भुजेलको शव अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टम नगर्ने परिवारले अडान लिएका थिए । कारागारभित्रै कुटपिट गरी उनको मृत्यु भएको परिवारको दाबी छ । मृत्यु हुनुभन्दा एक घण्टा अघिमात्र खबर गरिएकाले घटना रहस्यमय भएको भान्जी एलिना भुजेलले बताइन् । टाउकोमा चोट तथा रगत देखिएको परिवारको दाबी छ । 

श्रीमती रामकुमारी भुजेलले घटना शंकास्पद भएको बताइन् । पेट दुख्ने र वान्ता हुने गर्न थालेपछि भुजेललाई अस्पताल भर्ना गरिएको कारागार प्रशासनले जनाएको छ । मगर गत कात्तिक ६ गते जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि मोरङ कारागार पठाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu