site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय नागरिकमाथि लुटपाटमा संलग्न तीनजना समातिए

काठमाडौं । भारतीय नागरिकमाथि लुटपाटमा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय पासाङ तामाङ, सोही ठाउँका २५ वर्षीय किरणकुमार मोक्तान र नीलकुमार तामाङ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले भारतीय नागरिकलाई होटेल खोज्न सहयोग गरिदिने भन्दै गोंगबुको ध्रुवतारा कम्प्लेक्समा पुर्‍याएर लुटपाट गरेका उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको शुक्रबार (असार २०) कार्यालयको टोलीले काठमाडौंको नयाँबजारबाट उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेकामाथि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको अनुमति लिई अनुसन्धान थालेको छ ।

भारतीय नागरिकलाई होटेल मिलाइदिने भन्दै उनीहरू लामो समयदेखि लुटपाटमा संलग्न रहेका खुलेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्