site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मध्यरातमा अस्पताल नै 'गायब' पारेपछि...
इनरुवा सारिएपछि खाली देखिएको बेलबारीस्थित प्रहरीको प्रादेशिक अस्पताल ।
Sarbottam CementSarbottam Cement

विराटनगर । “बिहान एकाएक अस्पताल त खाली भएछ भनेर खबर आएपछि हामी सबै हतारिएर हेर्न गयौँ । रातबिरात अरूको सुरक्षा गर्ने प्रहरीले आफ्नै अस्पताल नगरबासी निदाएका बेला मध्यरातमा सारेर लगेछन्,” मोरङ बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले भनिन् ।

बेलबारी नगरपालिका–३ मा नेपाल प्रहरीले सञ्चालन गरेको कोसी प्रदेशस्तरीय अस्पताल रातारात सारेर सुनसरीको इनरुवा सारिएपछि उपमेयर थापाजस्तै धेरै नगरबासी बिलखबन्दमा परेका छन् । के कति कारणले नगरबासी निदाएका बेला मध्यरातमा अस्पतालका झिटीगुन्टा इनरुवा पुर्‍याइयो भन्दै प्रश्न गरिरहेका छन् । स्थानीयसहित राजनीतिकर्मी, जनप्रतिनिधि र सरोकारवालाले अस्पताल साविककै स्थानमा पुनःस्थापित गराउन माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारी सञ्चालित अस्पताल एक्कासि सारिएपछि मंगलबार साँझ त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर थापा र स्थानीय राजनीतिकर्मीको टोलीले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । अस्पताल साविककै स्थानमा कायम गराउन पहल लिइदिन ध्यानाकर्षण गरेको सांसद सुवेदीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौँ । केही विषय भए छलफल गर्दा हामी निकास निकाल्ने थियौँ । तर, त्यस्तो केही भएन,” उनले भने ।

 

Global Ime bank

Koshi-1702397849.jpgअस्पताल सारिएको बारे ज्ञापनपत्र दिएर मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गर्दै बेलाबारीकी उपमेयर र सांसदहरू ।


२०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पताल उद्घाटन गरेका थिए । खासमा त्यसबेला ट्रमा सेन्टरको रूपमा अस्पताल सञ्चालन गर्ने तयारीसाथ राजमार्गसँगै खोलिएको सिंहले बताएका थिए । इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

तर, सञ्चालनको एक वर्ष पनि नपुग्दै सुनसरी जिल्ला समन्वय समितिको भवनमा अस्पताल सारिएको छ ।

उपमेयर थापाले यसअघि नगरपालिकाले एसी जडान गर्नेदेखि अन्य सहयोग समेत गरेको बताइन् ।

“यसपटक अस्पतालको संरचनादेखि अन्य सुधारका लागि सहयोग होस् भनेर रातो किताबमै उल्लेख गरी १० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका थियौँ,” थापाले भनिन् । 

अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकारसमक्ष प्रस्ताव गरेको थियो ।  त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोसी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमति जनाएका थिए ।

यसबारे सुवेदीले भने, “मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल सञ्चालन गर्न प्रस्तावसमेत गरिएको थियो । तर उहाँहरूले सल्लाह नै नगरी रातारात भाग्नुभएछ ।”

बारे कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । 

स्थानीय दिनेश गिरीले आफूहरूले यसबारे मुख्यमन्त्री केदार कार्कीलाई समस्या राखेको र सरकारले अस्पताल सारिएको विषयमा छलफल गर्ने आश्वासन दिएको बताए ।“बेलबारीमा अस्पतालको आवश्यकताबारे हामीहरूले भन्नुपर्दैन किनभने जनताले लामो समयदेखि माग गरिरहेको विषय हो । तर, भएकै अस्पताल समेत सरेर जाँदा हामीलाई समस्या भएको छ,” उनले भने ।

मुख्यमन्त्रीले यसबारे प्रहरीको माथिल्लो निकायसँग समेत छलफल गर्ने बताएको गिरीले सुनाए । इनरुवा नगरपालिकाका पूर्वमेयर राजन मेहताले पहिले पनि अस्पताल आफ्नो ठाउँमा स्थापना गर्न खोजेको र यसपटक उनकै जोडबलमा अस्पताल सारिएको भन्ने खुल्न आएको गिरी बताउँछन् ।

उनले भने, “अहिले उता दुई बिघा तीन कठ्ठा जग्गासमेत उपलब्ध गराएर अस्पताल सारिएको भन्ने सुनिएको छ ।”

प्रहरीले बेलबारीमा भएको संरचनास्थल साँघुरो भएको भनी पहिले पनि गुनासो गर्ने गरेको गिरीले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC