site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बुद्धका शिक्षालाई कार्यान्वयन गर्न इमान्दारितापूर्वक लाग्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका शिक्षालाई कार्यान्वयन गर्न अपिल गर्ने काममा आफू इमान्दारितापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रममा उनले शान्तिको आवश्यकता र महत्व बढ्दै गएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“मैले देशभित्र र देशबाहिर शान्तिका निम्ति भगवान बुद्धका शिक्षाहरूलाई कार्यान्वयन गर्न र प्रेरणा लिनका लागि मानव जातिलाई अपिल गर्ने काममा इमान्दारितापूर्वक र दृढतापूर्वक लागि राख्ने विश्वास व्यक्त गर्न चाहन्छु,” प्रधानमन्त्रीले भने, “एउटा सम्राट त्यति धेरै लडाईबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने म त सानो युद्धबाट आएको मान्छेले स्थापित गर्न सक्छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।” 

उनले जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्रसंघमा महासचिवले आफू नै आएर भ्रमण गरेको बताए । कोप सम्मेलनमा पनि जलवायु परिवर्तनबारे कुरा राखिएको उनको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement