site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिटर र गिजरको प्रयोग कसरी गर्ने, आगो ताप्दा कसरी सावधानी अपनाउने ? 
फाइल तस्बिर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जाडोयाम सुरु भएसँगै हिटर र गिजरको प्रयोग बढ्न थालेको छ । आगो ताप्नेक्रम पनि बढेको छ । 

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने तथा गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अन्यथा अप्रिय घटना घट्नसक्ने मन्त्रालको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्ने बताएको छ । 

कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गरेको मन्त्रालयले आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न भनेको छ । 

Global Ime bank

आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन पर्नेमा जोड दिएको मन्त्रालयले हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न पनि आग्रह गरेको छ । 

मन्त्रालयका अनुसार सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउनु पर्छ । गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गर्नुपर्छ । 

गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयको आग्रह छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement