site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्पष्ट लेखापरीक्षण हुन जरुरी : मन्त्री साह
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखापरीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखापरीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको पनि स्पष्ट पारिन् । लेखापरीक्षकहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गरिन् ।

उनले भनिन्, "हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ ।" 

मन्त्री ज्वालाले कुनै पनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाकको खर्चको प्रणालीको पारदर्शीता रहेको बताइन् । देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्