site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान सुपर लिगको ड्राफ्टका लागि नेपालका ९ खेलाडीको नाम दर्ता
SkywellSkywell

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टका लागि नेपालका ९ खेलाडीको नाम दर्ता भएको छ ।

डिसेम्बर १३ मा हुने अक्सनअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सार्वजनिक गरेको ड्राफ्टका लागि दर्ता भएको नामको सूचीमा नेपालका ९ खेलाडीको नाम छ । सूचीमा नेपालका एक खेलाडी गोल्ड क्याटागोरी र बाँकी आठ खेलाडी सिल्भर ग्याटागोरीमा छन् । 

KFC Island Ad
NIC Asia

गोल्ड क्याटागोरीमा नेपालका गुल्सन झा छन् । यस्तै, सिल्भर क्याटागोरीमा नेपालका विकेटकिपर आसिफ सेख, आरिफ सेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी छन् ।

पीएसएलका अनुसार प्रतियोगिताको नवौँ संस्करण फेब्रुअरी १३ देखि मार्च १९ सम्म पाकिस्तानका विभिन्न सहरमा आयोजना हुने छ । प्रतियोगिताका लागि २२ देशका ४८५ खेलाडीले नाम दर्ता गराएको आयोजनले जनाएको छ । जसमध्ये ४६ खेलाडी प्लाटिनम क्याटागोरी र ७६ खेलाडी डायमन्ड क्याटागोरीमा छन् ।

प्रतियोगिताको प्लाटिनम क्याटागोरीको सूची भने सार्वजनिक भइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro