site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनसेलविरुद्ध सांसद अमरेशको रिट लगातार ‘हेर्न नभ्याइने’मा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा परेको छ । गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो ।

दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी मंगलबार (भोलि)लाई सरेको छ । सोमबार न्यायाधीश शर्माको इजलासमा सो रिट २५औँ नम्बरमा परेको थियो ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro