site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी सेनामा २००, युक्रेनी सेनामा पनि नेपाली छन् : प्रधानमन्त्री
तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले कोही भिजिट भिसा र कोही अध्ययन भिसामा रुस पुगेका २०० नेपाली त्यहाँको सेनामा भर्ती भएको जानकारी पाएको र उनीहरूको खोजीकार्य भइरहेको बताए ।

उनले रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा र केही युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको उल्लेख गरे ।

हमासको आक्रमणमा बेपत्ता भएका विपीन जोशीको फिर्तीका निम्ति अन्तिम प्रक्रियातिर सरकार अघि बढिरहेको समेत उनले बताए ।

“चाहे रुस–युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू कोही पढ्न गएका, कोही भिजिट भिसामा गएका, कोही केमा गएका, सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २०० भन्दा बढी छन् भन्ने छ, त्यसको खोजी, अध्ययन भइरहेको छ,” उनले भने, “त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दै छौँ । विगतमा देख्न–व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो, एकजना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौँ ।”

प्रधानमन्त्री प्रचण्डले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने, अर्को बनाउने कसरत भइरहेको बताए ।

“अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने, अर्को बनाउने के–के भन्ने त रातदिन एकथरीको खेल, कसरत भइ नै रहेको छ । तर, मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन,” उनले भने, “यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro