site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश सरकारले चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्छ : प्रमुख सचेतक भण्डारी

विराटनगर । नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् ।

देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् । 

सोमबारको प्रदशेसभा बैठकको विशेष समयमा बोल्दै स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी गरे । 

उनले भने, “संघीय सरकारले के गर्दैछ जनताले थाहा पाएका छैनन् । के हुँदैछ जनतालाई थाहा दिनुपर्छ ।”

उनले खर्च कटौतीको प्रस्ताव गर्नुपर्ने बताउँदै प्रदेश सरकारले चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने माग गरे । 

उनले एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro