site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काममा फर्किए प्रकाश घिमिरे, ‘महाजात्रा’को सेटमा छायांकन गर्दै 

काठमाडौं । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । 

बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै आएका छन् । अभिनेत्री वर्षा राउतको बुवाको भूमिकामा उनी ‘जात्रा’ चलचित्रमा काम गर्दै आएका छन् । 

प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा घिमिरेसँगै अभिनेता हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, वर्षा राउतलगायत कलाकारको अभिनय छ । 

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा भन्ने चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले लगानी गरेका छन् । 

चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro