site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोन्टा क्लबले विद्यार्थीका निम्ति आयोजना गर्‍यो महिला हिंसाविरुद्ध सचेतना
Tiktok banner adTiktok banner ad

काठमाडौं । जोन्टा क्लब काठमाडौंले विद्यार्थीका निम्ति महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार ललितपुरस्थित सेन्ट मेरिज हाई स्कुलमा सो कार्यक्रम गरिएको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा संस्कृति माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, सेन्ट मेरिज हाई स्कुल र मेरी वार्ड स्कुलका गरी करिब ८०० विद्यार्थी सहभागी थिए । कार्यक्रममा महिलाले भोग्ने गरेका विभिन्न समस्या उठाइएको थियो ।

कार्यक्रममा ब्युरोकी प्रहरी निरीक्षक शान्ता लामाले कानुन र अपराधका बारेमा जानकारी गराइन् । एनसेलकी याश्मिन भट्टराईले साइबर सुरक्षाबारे अवगत गराएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro