site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले सरकार चलाउँदा कुशासन किन भएको छ ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार सानेपामा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण कार्यक्रममा उनले एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?”

उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी क्यालेन्डरअनुसार नै काम गरिने उनको भनाइ छ ।

Global Ime bank

“पार्टी फरक आईडी हो भने त्यसानुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने, महासमिति बैठक तयारीलगायत विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,” उनले भने ।

सोमबार (भोलि)देखि पार्टी केन्द्रीय कार्यालयमा लाइब्रेरी बनाउने काम सुरु गरी एक महिनामा सकाइने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement