site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्छ : कमल थापा
फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको जिकिर गरे । यसका निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ छ ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी उनले गरे । अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहका सरकार भएको उनले बताए ।

“...संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो,” उनले भने, “यो सन्देश हामीले आमजनतासमक्ष दिनुपरेको छ । अर्थात्, संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन ।”

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रूपमा कमजोर भएको पनि बताए । अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro