site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानद्वारा १३ हजार अफगान आप्रवासी निष्कासित

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । 

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ 'अवैध' अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

खामा प्रेसले उल्लेख गरेअनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले 'गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने' बताएका छन् ।  

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । 

हालै इरानका आन्तरिक मामिलामन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसंख्याको ६ प्रतिशत अफगानी नागरिक छन् । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro